Buy Your Card
Get in touch

T & C

  1. सम्भावित पतंजलि सदस्यहरु, पतंजलि एक्सक्लूसिव स्टोरहरुको माध्यमबाट यस योजनामा आबद्ध हुन सक्छन्।
  2. यो योजना स्वैच्छिक हो, र देशबाट जो कोहि, कुनै भेदभाव बिना निर्धारित पहिचान कार्ड पेश गरि सदस्य बन्न सक्छन्।
  3. यस योजनाको लागी पंजीकरण फारम भरेर एक पटकमात्र तिर्नु पर्ने सदस्यता शुल्क रू १००/- (कर सहित) को योगदान दिएर सदस्य बन्न सक्छन् । दर्ताको समयमा सहि विवरण पतंजलिलाई दिने जिम्मेवारी सदस्य को हुनेछ।
  4. योजना अन्तर्गत सदस्यता दिने नदिने अधिकार पतंजलिसंग मात्र रहने छ र पतंजलिले कुनै कारण नदिई कुनै पनि व्यक्तिलाई सदस्यता अस्वीकार गर्न सक्नेछ ।
  5. आवेदन फारम भर्ने बेलामा सबै विवरण तथा हस्ताक्षर सही गर्ने जिम्मेवारी सदस्यको हुनेछ।आवेदन फाराम बुझाउँदा मतदाता परिचयपत्रको स्व-प्रमाणित प्रतिलिपि संलग्न गर्नु पर्नेछ।
  6. आवेदन फारममा अधुरो वा गलत जानकारी दिएमा बिना कुनै पूर्व सूचना सदस्यता रद्द गर्ने सबै अधिकार पतंजलिसँग सुरक्षित रहने छ। यस्तो अवस्थामा सदस्यताको लागि दिइएको रकम जफत हुनेछ।
  7. प्रत्येक कार्ड मतदाता आई. डी कार्ड (यदि डीएल उपलब्ध छैन) संग जोडिएको हुनेछ।
  8. यस स्वदेशी समृद्धि योजना अन्तर्गत उपलब्ध हुने सुबिधाहरु :

    क. कार्डद्वारा पतंजलि उत्पादनको खरीदमा निष्ठा राशि ।

    ख. कार्ड धारकको दुर्घटना र मृत्यु या स्थायी अपाङ्गताको खण्डमा सहयोग राशी (वित्तीय सहायता) प्रदान। यी सबै सुबिधाहरु नियम र शर्तको अधिनमा रहने छन् ।

  9. कुनै पनि एक्सक्लूसिव स्टोरमा लेनदेनको लागी, स्वदेशी समृद्धि कार्डको भौतिक सबमिशन अनिवार्य छ।
  10. एक बिल/इनभ्वाइसको लागि केवल एक स्वदेशी समृद्धि कार्डको प्रयोग गर्न सकिनेछ ।
  11. स्वदेशी समृद्धि कार्ड सदस्यहरुद्वारा एक्सक्लूसिव स्टोरमा मात्र प्रयोग गर्न सकिनेछ ।
  12. स्वदेशी समृद्धि विशुद्ध रूपमा एक सहयोग रकम हो। यो सामानहरुको खरिदमा दिइने छ र टप-अप रकममा समायोजन गरिने छ जसको निर्धारण पतंजलिले गर्नेछ । यसको उपयोग पंतजलि अथोराइज्ड स्टोरहरुमा उत्पादको खरीदमा मात्र गर्न सकिने छ।
  13. यो कार्ड पतंजलि चिकित्सालय, सेवा केन्द्र र पेमेंट गेटवेको माध्यमबाट रिचार्ज गर्न सकिनेछ। पतंजलि केन्द्रमा रिचार्ज गर्नको लागि कुनै शुल्क तिर्नुपर्ने छैन। अनलाइन रिचार्ज गर्नको लागि सदस्यले गेटवे चार्जेज आफै भुक्तानी गर्नुपर्ने छ।
  14. स्वदेशी निष्ठा रकम पतंजलि सामानको खरिद गरेको २४ घण्टा भित्र तपाईको कार्डमा जम्मा गरिने छ।
  15. स्वदेशी निष्ठा राशि चनयित उत्पादनहरुमा प्रयोग गर्न सकिने छैन। यस्तो उत्पादनहरु क्याटेगोरी/सूची पतंजलिले प्रकाशित गर्नेछ ।
  16. स्वदेशी समृद्धि कार्डको माध्यमबाट कुनै पनि खरिद फिर्ता गरिने छैन। विशेष परिस्थितिमा मात्र कार्ड धारकले उत्पादन साट्न सक्नेछन् ।
  17. सदस्यहरुले तुरुन्तै विस्तारमा सबै परिवर्तनहरुलाई सूचित गर्नु आवश्यक छ। तुरुन्तै परिवर्तनहरु दिन असफल रहेमा सेवामा ढिलाइ/असफलताको लागी पतंजलि जिम्मेवार हुनेछैन।
  18. स्वदेशी कार्ड हराएको अवस्थामा स्वदेशी निष्ठा सदस्यले तुरुन्त टोल-फ्री नम्बर (प्रतीक्षारत) या ई-मेल info@swadeshisamridhinepal.com मा सम्पर्क गर्नुपर्ने हुन्छ।पतञ्जलिसँग हराएको /क्षतिको अनुरोध नआएसम्म कार्डको दुरुपयोगका कारण भएको नोक्सानीको लागि पतञ्जली उत्तरदायी हुनेछैन । पुरानो कार्ड ब्लक एवं क्यान्सेल गरि प्रमाणिकरण गरिनेछ। रू . १००/- (कर सहित) तिरेपछि नयाँ कार्ड प्राप्त गर्न सकिने छ । त्यसपछि कार्डको खाता विवरण र ब्यालेन्स नयाँ कार्डमा हस्तान्तरण गरिनेछ । नयाँ स्वदेशी समृद्धि कार्डमा नयाँ कार्ड नम्बर हुनेछ ।
  19. कार्ड हराएमा, क्षतिग्रस्त भएमा कार्ड रिप्लेस हेतु रू १००/- (कर सहित) शुल्क लाग्नेछ ।
  20. प्रतिवर्ष स्वदेशी समृद्धि कार्ड नवीनीकरण/मेंटेनेंस हेतु शुक्ल रू २५ (कर सहित) दिनुपर्नेछ।
  21. स्वदेशी सम्बृिद्ध कार्ड अहस्तान्तरणीय (सदस्य बाहेक अन्यले प्रयोग गर्न नपाइने), नन नेगोसिएबल (मोल-तोल गर्न नपाइने) र नन रीदीमेबल (फिर्ता गर्न नमिल्ने) हुनेछ।
  22. नियम र शर्त वा योजनाको भावना विरुद्ध कार्य गर्ने सदस्यको सदस्यतालाई समाप्त गर्ने अधिकार पतंजलिसँग सुरक्षित रहने छ। यदि कोहि सदस्यको कार्य स्थानीय, प्रादेशिक वा राज्य कानूनहरू, विधिहरू या अध्यादेशहरूको विपरीत पाइएमा, त्यस्तो स्थितिमा पतंजलिले सदस्यको सदस्यता समाप्त गर्ने अधिकार पनि सुरक्षित राख्नेछ। यस्ता सदस्यहरू फलस्वरूप सबै जम्मा निष्ठा रकम, क्यास ब्याक, सहयोग राशी (आर्थिक सहयोग) र अन्य विशेषाधिकारबाट बंचित हुन सक्नेछन्।
  23. स्वदेशी समृद्धि कार्ड आवेदनपत्रमा हस्ताक्षर गरेर कार्ड बाहकले पतंजलिलाई कार्ड बाहकको डाटा क्रियेट, स्टोर, मेनटेन र अपडेट गर्नको लागि अनुमति दिन्छ। यो डाटा यहि कार्डको स्कीम तथा पतंजलिको प्रचारप्रसार र मार्केटिङ्ग हेतु उपयोग गर्न सकिनेछ ।
  24. आवेदन फाराममा हस्ताक्षर गरेर व्यक्तिले यस स्कीमको नियम र शर्तहरु सबै राम्ररी पढेको र स्विकार गरेको भनेर बुझिनेछ। यसबाट यो पनि कनफम हुन्छ कि सदस्य यी सबै/ केहि नियम र शर्तहरु (जुन समय समय मा बदल्न पनि सक्छ, जो पतंजलिबाट निर्दिष्ट हुनेछ ) बाट बाधिएको छ।
  25. स्वदेशी सम्बृद्धि कार्ड योजनाको नियम र शर्तहरू परिवर्तन गर्ने अधिकार पतंजलिसँग सुरक्षित रहने छ। ती परिवर्तनहरु वेबसाइटमा संशोधित भएर आएपछि तुरुन्तै प्रभावी मानिनेछ। संशोधित भएर आएपछि पनि कार्ड सुचारु राखेमा सदस्यले समय समयमा बदलिने नियम र शर्तहरू स्विकार गरेको मानिने छ।
  26. गम्भीर घटना/फोर्स माजूर जस्तै बाढी, भूकम्प, आँधीबेहरी, चक्रवात, युद्ध, हड्ताल, तालाबन्दी, वा सरकारी वा न्यायिक वा अर्ध-न्यायिक नीति/इन्टरभेन्सन /डाइरेक्सन/ निषेध वा कानून मा परिवर्तन वा कुनै टेक्नोलोजी/नेटवर्क विफलताको अवस्थामा यदि पतंजलिले नियम र शर्तहरु बमोजिम निष्ठा राशि या दुर्घटना साहयता आदि दिन सकेन भने यस लागि पतंजलि उत्तरदायी हुने छैन।
  27. कुनै विवादको मामलामा नेपालको सम्माननीय अदालतले दिने निर्णय पतंजलिका लागि तथा सबै सम्बद्ध पक्षहरू पनि स्वीकार्न बाध्य हुनेछन्।
  28. कार्ड नवीकरण नगरेको अवस्थामा स्वदेशी निष्ठा रकम समाप्त हुनेछ।
  29. स्वदेशी निष्ठा राशिका लागि योग्यता निर्धारण पतंजलिको अधिनस्थ हुनेछ।
  30. . स्वदेशी समृिद्ध कार्डका सदस्य वा सदस्यबाट उल्लेखित व्यक्ति/ नोमिनि को दुर्घटनामा मृत्यु भएमा रू ५,॰॰,॰॰॰ वा स्थाई रुपमा अंग-भंग भएमा रू २५०००० सम्म आर्थिक सहायताको रुपमा प्रदान गरिनेछ। यो आर्थिक सहायता हासिल गर्न कार्डबाहकले, कार्डको माध्यमबाट दुर्घटनाको मिति भन्दा १८॰ दिन अगाडी सम्ममा न्युनतम रू ६॰॰॰ सम्म खरिद ५ लाखको सहयोगको लागि या रू ३००० हजार ३ लाख सहयोगको लागि खरिद कार्डको मध्यमबाट गरेको हुनुपर्छ ।
  31. कार्डबाहकले कार्डको माध्यमबाट दुर्घटनाको मिति भन्दा १८॰ दिन अगाडी सम्ममा न्युनतम रू ६॰॰॰ सम्म ५ लाखको सहयोगको लागि या रू ३००० हजार ३ लाख सहयोगको लागि खरिद कार्डको माध्यामबाट गरेको भएमा मात्र सहयोग राशी प्रदान गरिने छ।
  32. कार्डबाहक सैनिक/अर्धसैनिक/प्रहरी पनि यस योजन को अन्तर्गत आउने छन् जसको मृत्यु या स्थाई रुपमा अपांगता आतंकबादि घटना जस्ता गतिविधिमा भएको होस्। यसलाई आकस्मिक दुर्घटनाको परिभाषामा सामेल गरिनेछ।
  33. . स्वदेशी समृद्धि कार्ड सहयोग राशि (आर्थिक सहयोग ) को निर्धारण पतंजलि आयुर्वेद प्रालिले गर्ने छ। सहयोग राशि दावी गर्न सदस्यले पहिले पतंजलि आयुर्वेद प्रा लि संस्थानको टल फ्री नम्बर (प्रतीक्षारत)या इमेलमा सूचित गराउनु पर्नेछ। उक्त आकस्मिक मृत्यु वा पूर्ण अपांगताको प्रमाण जांच पछि, अनुदान पाउन योग्य भएमा पतंजलिले सहयोग रकम प्रदान गर्नेछ। नियम तथा शर्तहरु लागू हुनेछन्।