Buy Your Card
Get in touch
यो कार्डले तपाइँलाई पतंजलिका एक्सक्लूसिव स्टोरहरु (चिकित्सालय र सेवा केन्द्रहरु ) मा विशेष लाभको लागि योग्य बनाउँछ।

रकम फिर्ता विवरण

  • खरिद राशी निष्ठा राशी
  • ४०००/- सम्म ५ %
  • ४००१/- र अधिक ७%

पतंजलि उत्पादनहरुको खरिद पछि ग्राहकहरुले दिनको अन्त्यमा क्यास ब्याक/ रकम फिर्ता पाउने छन्। एक महिनामा अधिकतम रू ३३५ क्यास ब्याक पाईने छ।

maximum cashback Rs 355/- in a calendar month.

ग्राहकहरुले पतंजलि एक्सक्लूसिव स्टोरहरुबाट रू १०० तिरेर कार्ड प्राप्त गर्न सक्नुहुनेछ। यो कार्ड सक्रिय गर्न उपभोक्ताले भोटर आइ. डि नम्बर, नाम, उमेर आदि जस्ता सामान्य विवरण बुझाउनु पर्ने हुन्छ। यसका साथै नोमिनी/ मनोनितको विवरण सहित रू ५०० को पहिलो रिचार्ज गर्नुपर्ने हुन्छ।
सदस्य बन्नका लागि पतंजलि एक्सक्लूसिव स्टोरमा गई सम्पूर्ण अनिवार्य विवरण दिएर आवेदन फारम भर्नुपर्ने हुन्छ। त्यसपछि न्यूनतम रु ५०० को पहिलो रिचार्ज गर्नु पर्ने हुन्छ। दर्ता गरिसके पछि, दर्ता गरिएको फोन नम्बरमा ट्रानज्याकसन पिन एस. एम. एस को मार्फत पठाइने छ। यसका साथै कन्जुमर पोर्टलको लिंक, युजर आइ.डि र पासवर्ड पनि एस. एम. एस को मार्फत पठाइने छ। कन्जुमर पोर्टलमा लगइन गरि आफ्नो अकाउण्टका विवरण पाउनका साथै ट्रानज्याकसन् पासवर्ड पनि बदल्न्न सक्नु हुनेछ।
यो कार्ड पतंजलि स्टोर र पेमेंट गेटवेको माध्यमबाट रिचार्ज गर्न सकिनेछ। पतंजलि केन्द्रमा रिचार्ज गर्नको लागि कुनै शुल्क तिर्नुपर्ने छैन जब कि अनलाइन रिचार्ज गर्नको लागि सदस्यले गेटवे चार्जेज (यदि लागेमा ) आफै भुक्तानी गर्नुपर्ने छ। गेटवे चार्जेजको विवरण (यदि लागेमा) रिचार्ज पोर्टलमा हेर्न सकिने छ।
कुनै पनि समयमा १००/- को न्युनतम ब्यालेन्स कायम राख्न जरुरी छ। यदि ट्रानज्याकसन शुल्कले गर्दा ब्यालेन्स रु १०० /- भन्दा तल भएमा ट्रानज्याकसन रद्ध हुनेछ।
कार्डको वैधता, जारी भएको १२ महिना सम्म हुनेछ। रु २५/- को न्यूनतम शुल्क तिरेर कार्डलाई नविकरण गर्न सकिनेछ।
ग्राहकले त्यसै कार्डमा आफ्नो मोबाइल नंबर बदल्न सक्नेछैनन् । यदि कुनै स्थितिमा ग्राहक आफ्नो फोन नंबर बदल्न चाहन्छ भने उसले प्रमाणको साथ वैध कारण देखाउनु पर्ने हुन्छ। पतंजलिले कारण र प्रमाणलाई सत्यापित गर्नेछ र यदि यो मान्य भएमा, त्यहि कार्डमा एक नयाँ मोबाइल नंबर अपडेट गरिनेछ । नियम एवं शर्तहरू लागू हुनेछन् ।
एस.एस.सी एक्टिवेट गरेको बेलामा इमेल आइ. डी नदिएको भए ग्राहकले इमेल आइ. डी अपडेट गर्न सक्ने छ।
यो कार्ड पतंजलि एक्सक्लूसिव स्टोरमा (चिकित्सालय र सेवा केन्द्रमा) मात्र प्रयोग गर्न सकिनेछ । स्टोर को सूचि, www.swadeshisamridhinepal.com मा उपलब्ध छ।
क्यास ब्याक सामानको खरिद मूल्य अनुसार २४ घण्टा भित्र तपाईको कार्डमा जम्मा गरिने छ। क्यास ब्याकको कनफरमेसन एस. एम. एसको माध्यमबाट जानकारी गराइने छ।
कार्ड हराएको खण्डमा रू १००/- (कर सहित) तिरेर नयाँ कार्ड लिन सकिनेछ। पुरानो कार्डमा भएको ब्यालेन्स तथा डाटा नयाँ कार्डमा स्थानान्तरण गरिने छ। यो कार्य (नयाँ कार्डमा ब्यालेन्स तथा डाटा स्थानान्तरण) कुनै पनि पतंजलि एक्सक्लूसिव स्टोरमा गर्न सकिने छ।
कार्ड स्वाइप गर्दा पिनको प्रयोग गर्नुपर्छ त्येसैले पिनलाई सुरक्षित राख्ने विषयमा विशेष ध्यान दिन आग्रह गरिन्छ। पिन विस्मृत भएको अवस्थामा अनलाइन एकाउंटमा रिसेट पिन अप्शन छानी पुनः रेजेनेरेट गर्न सकिन्छ। कार्ड प्रदान गरिएको समयमा कस्टमर आइ.डी र पासवार्ड दिइएको हुन्छ, त्यहि कस्टमर आइ.डी र पासवार्ड हालेर लग इन गर्नुपर्ने हुन्छ। कस्टमर आइ.डी पनि याद नभएमा ग्राहकले कस्टमर केयर सेंटरमा फोन गरि आइ.डी को जानकारी लिन सक्नेछन्। REQPIN(space) (स्वदेशी समृद्धि कार्डको अंतिम ४ अंक ) टाइप गरि एस. एम. एस को मार्फत पनि अनुरोध पठाउन सकिन्छ। यो नम्बर (प्रतीक्षारत) मा पठाउनुहोस्।
हालका लागि कार्ड प्रयोग गरि पतंजलिको एक्सक्लूसिव स्टोरमा उपलब्ध कुनै पनि उत्पादनको खरिद गर्न सकिन्छ। तर पतंजलिसंग उपयोग प्रतिबन्धित गर्ने अधिकार सुरक्षित रहने छ। पतंजलिले कुनै पनि समय कार्डको उपयोग गरेर खरिद गर्न नमिल्ने सामनको सूची निकाल्न सक्ने छ ।
आर्थिक सहयोग प्राप्त गर्न ग्राहकले दुर्घटना भएको १८० दिन पहिले रू ६००० वा रू ३००० सम्मको खरिद गरेको हुनुपर्छ। सदस्यको मृत्यु भएमा रू ५ लाख/३ लाख तथा स्थायी अपांगता को अवस्थामा रू २.५ लाख / रू १.५ लाख प्रदान गरिने छ। यो योजना १ देखी ७५ वर्ष उमेर भएका सदस्यहरुका लागि मात्र लागू हुनेछ। सहायता नियम तथा शर्तहरुको अधिन रहने छन् ।
सदस्यता रद्ध गर्नको लागी तपाईंले ग्राहक सेवा केन्द्रमा अनुरोध गर्न सक्नुहुन्छ। प्रमाणीकरण र पुष्टिकरण पश्चात् , ग्राहक सेवा कार्यकारीले तपाइँको अनुरोध दर्ता गर्नेछन् । एक पटक प्रोसेस भएपछि, न्यूनतम ब्यालेन्सको क्याप हटाइनेछ। त्यसको १५ दिन भित्र कार्डमा रहेको ब्यालेन्स तपाईंले खर्च गर्न सक्नुहुन्छ। उक्त अवधि पछि कार्ड बन्द हुनेछ।
अनुमति भन्दा बढी (३ पटक) गलत पिन प्रविष्ट गरेपछि कार्ड ब्लक हुन्छ । पिन रिसेट गर्नको लागी तपाईं उपभोक्ता पोर्टल मा लगइन गर्न सक्नुहुन्छ। नयाँ पिन अर्को दिन (अर्थात् १२ बजे पछि) बाट प्रयोग गर्न सक्नुहुनेछ ।