Buy Your Card
Get in touch

सदस्य को सहायता को लागी विशेष पहल

  • पतंजलिले कार्डबाहकलाई सहयोग (साहयता) दिनको लागि विशेष योजना सुरु गरेको छ। यसमा स्वदेशी समृिद्ध कार्डका सदस्य वा सदस्यबाट उल्लेखित व्यक्ति/ नोमिनि को दुर्घटनामा मृत्यु भएमा रू ५,॰॰,॰॰॰ वा स्थाई रुपमा अंग-भंग भएमा रू २५०००० सम्म आर्थिक सहायताको रुपमा प्रदान गरिनेछ। यसमा नियम र शर्तहरु लागू हुनेछन् ।
  • यो आर्थिक सहायता तब मान्य हनेछ, यदि उक्त सदस्य कार्डबाहकले, कार्डको माध्यमबाट दुर्घटनाको मिति भन्दा १८॰ दिन अगाडी सम्ममा न्युनतम रू ६॰॰॰ सम्म ५ लाखको सहयोगको लागि या रू ३००० हजार ३ लाख सहयोगको लागि खरिद कार्डको माध्यम गरेकोहोस्।
  • यो योजना अन्तर्गत कार्डबाहक सैनिक/अर्धसैनिक/प्रहरी पनि आउनेछन् जसको मृत्यु/स्थाई रुपमा अपांगता आतंकबादि घटना जस्ता गतिविधिमा भएको होस्। यसलाई आकस्मिक दुर्घटनाको परिभाषामा सामेल गरिनेछ।
  • संस्थानले आफ्नो वेबसाइटमा त्रौमासिक/अर्धवार्षिक रूपमा आर्थिक सहायताको लागि विशेष मिति सार्वजनिक गर्नेछ।
  • यदि स्वदेशी समृिद्ध कार्डको सदस्य बनेको पहिलो दिनमा वा पहिलो महिनामा नै रू ६॰॰॰ को खरिद पूरा भएमा सदस्य स्वदेशी समृद्धि कार्ड सहयोग (अर्थिक सहयोग ) प्राप्त गर्ने अधिकारी बन्नेछन्। यसपछि पात्रताको निर्धारण प्रतिदिनको आधारमा गरिनेछ। पछिल्लो छ महिनामा सामानहरूको खरिद कुल मूल्य कमसेकम रू ६॰॰॰ सम्म ५ लाखको सहयोगको लागि या रू ३००० हजार ३ लाख सहयोग हेतु हुनु अनिवार्य छ।
  • यो कुरा सदस्य स्वयंले सुनिश्चित गर्नुपर्ने छ कि पछिल्लो १८॰ दिन भित्रमा आफ्नो कुल खरिद रू ६॰॰॰ या रू ३००० भन्दा कम नहोस्। अन्यथा यस विषयमा कुनै प्रकारको जबाफदेहिता संस्थाको हुनेछैन।
  • खरिद गरिएको उत्पादनको कुल मूल्य यदि रू ६॰॰॰ भन्दा बढि छ भने पनि यो रकम १८॰ दिनको लागि मात्र मान्य हुनेछ।
  • उदाहरण-यदि तपाई प्रत्येक महिना रू २॰॰॰ को खरिद गर्नु हुन्छ भने खरिद गरिएको कुल रकम रू १२॰॰॰ हुन्छ, तैपनि यो रकम छ महिना अर्थात् १८॰ दिनको लागि मात्रा मान्य हुनेछ।
  • स्वदेशी समृद्धि कार्ड सहयोग राशि (आर्थिक सहयोग ) को निर्धारण पतंजलि आयुर्वेद प्रालिले गर्ने छ। सहयोग राशि दावी गर्न सदस्यले पहिले पतंजलि आयुर्वेद प्रा लि संस्थानको टल फ्री नम्बर (प्रतीक्षारत) र इमेलमा सूचित गराउनु पर्नेछ। उक्त आकस्मिक मृत्यु वा पूर्ण अपांगताको प्रमाण जांच पछि, आर्थिक सहयोग पाउन योग्य भएमा पतंजलिले सहयोग रकम प्रदान गर्नेछ। नियम तथा शर्तहरु लागू हुनेछन्।
  • यो योजना कुनै बिमा या शुल्क लिएर प्रदान गरिने व्यवसायिक गठबन्धन होइन। यो त पतंजलि संस्थानबाट जनसेवाको लागि संचालित राष्ट्रसेवाको भावनाबाट प्रदत्त सहयोग रकम मात्रा हो